Loving nepal news

Tuesday, October 19, 2010

भूटानमा नेपाली मूलका भूटानी थुनिए

कान्तिपुर संवाददाता

अमेरिका, कार्तिक ३ - सामाजिक संरचना बिथोलेको आरोपमा भूटानले एक नेपाली मूलका भूटानीलाई थुनेको छ । ४० वर्षे प्रेमसिंह गुरुङलाई जीसस क्राइष्टको चलचित्र देखाएको आरोप छ । दक्षिण भूटानको सर्पाङ् जिल्लाका गुरुङलाई तीन वर्षका लागि थुनामा राख्न गेलेफु अदालतले गत अक्टोबर ६ मा फैसला सुनाएको भूटानी सरकारी मुखपत्र क्युन्सेलले जनाएको छ ।

सिमखर्क र गोङ्गगाउँमा नेपाली चलचित्र देखाउँदा उनले जीससबारे सानो चलचित्र पनि देखाएका थिए । गाउँले यो कुरा चुहाइदिए । उनी चार महिनाअघि पक्राउ परेका थिए । करिब ७५ प्रतिशत बौद्धमार्गी, २२ प्रतिशत हिन्दू रहेको भूटानमा ६ हजार इसाइ छन् । तर बुद्ध धर्मबाहेक अरु धर्मको कुनै क्रियाकलाप खुला छैनन्। राष्ट्रिय भाषा जोङ्खा नबोलेको, राष्ट्रिय पोशाक नलगाएको आरोपमा दुई दशकअघि एक लाख नेपाली भाषीलाई भूटान सरकारल देश निकाला गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks