Loving nepal news

Tuesday, October 12, 2010

चिलीको खानीमा थुनिएका २ कामदारको सकुशल उद्धार

कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन २७ - चिलीको खानीमा थुनिएका ३३ जना कामदार मध्ये २ जना कामदारको सकुशल उद्धार गरिएको छ । चिलीका राष्ट्रपति सेवास्तियन पिनेरा पनि खानीमा उपस्थित भएका छन् । उद्धार सफल भएपनि उनले भने, 'चिलीवासीको सपना पूरा भएको छ ।'

विगत ६९ दिनदेखि उनीहरु खानीमा थुनिएका थिए । ६ सय २२ मिटर तलसम्म स्टिलको उद्धार संयन्त्र जडित डन्डी घुसाउन काममा सफलता मिलेपछि उद्धार कार्य सम्भव भएको हो । गत साउन २० गते सुरुङ भत्किदा ती कामदार भूमिगत खानीमा फसेका थिए । अन्यको पनि उद्धारकार्य जारी रहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks