पाल्पा, आश्विन ३० - मुल्य वृद्धिको मार खेप्दै आएका उपभोक्तालाई जिल्लाका ग्रामिण भेगमा खुलेका सहकारी सस्तो पसलले राहत दिएको छ । त्यसैले त्यहा दैनिक सयौको भिड लाग्न थालेको छ । जिल्लाका विभिन्न ६० स्थानमा रहेका सहकारी सस्तो पसलले उपभोक्तालाई केहि भएपनि राहत दिएको छ ।
डिभिजन सहकारी कार्यालयका अनुगमन पछि प्रमुख रुद्रलाल भुसालले भने, 'सस्तो पसलले बजारमा भन्दा पनि ग्रामिण भेगमा राहत दिएको छ । त्यहा उपभोक्ताको राम्रै सहभागिता रहेका छन् ।' सहकारीले ती सहकारीलाई एकलाखका दरले वितरण गरेको छ ।
जिल्लाका चापपानी, बरादी, भैरवस्थान, खस्यौली र अर्गलीका पसलमा भिड लागेको छ । गत आर्थिक वर्षमा डिभिजन सहकारीले जिल्लाका ६१ गाविसमा सहकारी पसल खोल्न सहयोग गरेकेा थियो । सहकारी सस्तो पसलले उपभोक्तालाई केहि भएपनि राहत दिएको भुसालले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks