Loving nepal news

Thursday, October 28, 2010

वैभव सूचकांकमा नेपाल ९१ औं

राजेश कोइराला

अमेरिका, कार्तिक ११ - अन्तरराष्ट्रिय बौध्दिक संस्था लेगाटम इन्स्टिच्युटले बुधबार प्रकाशित वैभव सूचकांकमा नेपाल ९१ औं स्थानमा परेको जनाएको छ ।

बेलायतको लन्डनस्थित उक्त संस्थाले विश्वका ११० देशको शिक्षा, स्वास्थ्य, व्यक्तिगत स्वतन्त्रता, सुरक्षा, प्रजातन्त्रको अवस्था केलाएर सूचकांक तयार पारेको हो । उक्त संस्थाले यस्तो सूचकांक चौथो पटक प्रकाशित गरेको हो ।

सूचकांकमा बंगलादेश ९६ औं, भारत ८८ औं, श्रीलंका ५९ औं स्थानमा छन् । सबभन्दा तल जिम्बाब्वे छ भने नर्वे पहिलो छ । डेनमार्क र फिनल्यान्ड क्रमश दोस्रा र तेस्रा छन् ।

सूचकांक तयार पार्नुअघि शिक्षा, स्वास्थ्य, व्यक्तिगत स्वतन्त्रता, सुरक्षा, प्रजातन्त्रको अवस्थालाई छुट्टाछुट्टै केलाइएको छ । ११० देशमध्ये नेपालको अर्थतन्त्र १०० औं स्थानमा छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks