Loving nepal news

Thursday, October 28, 2010

इन्धन ढुवानी व्यवसायी आन्दोलित


लक्ष्मी साह

निजगढ , कार्तिक ११ - भारतको बरौनीबाट अमलेखगञ्सम्म पेट्रोलियम पदार्थ ढुवानी गर्न त्यस रुटमा टयाङकर चल्न दिनुपर्ने लगायतका माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायीहरू आन्दोलित भएका छन् । तीन दिनदेखि उनीहरू आन्दोलित भएका हुन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको अगुवाईमा उनीहरू क्षेत्रीय आयल निगम अमलेखगञ्जबाट ढुवानी हुने पेट्रोलियम पदार्थ तीन दिनदेखि दैनिक २ घण्टा लोड-अनलोड हुन दिएका छैनन् । बिहान १० बजेदेखि १२ बजेसम्म उनीहरूले अवरुद्ध गर्दै आएका छन् ।

शुक्रबारदेखि दैनिक ४ घण्टा लोड-अनलोड अवरुद्ध गर्ने महासंघका बरिष्ठ उपाध्यक्ष मनोजकुमार दासले बताए । व्यवसायीहरू हडतालमा उत्रेपछि ढुवानी प्रभावित भएको छ ।

आयल निगमको नीतिले आफूहरूले निकै दुःख बेहोर्नु परिरहेको उपाध्यक्ष दासको भनाई छ । माग पुरा नभएसम्म व्यवसायीहरूले आन्दोलन फिर्ता नगर्ने उनले बताए । 'डिपोलाई यस बिषयमा पटक पटक अवगत गराउँदा वेवास्ता गरेपछि आफूहरु बाध्य भएर हडतालमा उत्रिनु परेको दासले बताएका छन् ।

काठमाडौं पछि देशमा सबै भन्दा बढी ईन्धन आपूर्ति हुने अमलेखगञ्जस्थित डिपो अवरुद्ध भएपछि देशका बिभिन्न भागमा ईन्धनको अभाव हुने संभावना देखिएको छ । यस डिपोबाट राजधानी लगायत देशका बिभिन्न स्थानमा इन्धन ढुवानी हुने गरेको छ । रक्सौलबाट यहाँ दैनिक सय देखि डेढ सय किलो लिटर पेट्रोल, सात सय किलो लिटर डिजेल र ५० किलो लिटर मट्टीतेल ढुवानी भई खपत हुने गरेको छ ।

डिपोले राजधानी, पोखरा, थानकोट तथा अन्य तराईका ८ जिल्लाका इन्धन व्यवसायीलाई इन्धन आपूर्ति गर्दै आएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks