बेइजिङ, कार्तिक २ - वर्ल्ड एक्स्पो भइरहेको औद्योगिक सहर साङ्घाईमा नेपालको कला-संस्कृति झल्काउने प्रदर्शनी सुरु भएको छ ।
पाओशान अन्तर्राष्ट्रिय लोककला प्रदर्शनी केन्द्रमा आयोजित उक्त प्रदर्शनीको चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले सोमबार साँझ उद्घाटन गर्नुभयो ।
प्रदर्शनीमा श्रव्यदृश्यसहित नेपालको कला र संस्कृतिसँग सम्बन्धित सामग्री प्रस्तुत गरिएको छ । नेपाल पर्यटन बोर्डद्वारा तयार पारिएका नेपाल भ्रमण वर्ष २०११ सम्बन्धी प्रवर्द्धनात्मक सामग्री प्रदर्शनी हेर्न आएका आगन्तुकलाई वितरण गरिएको थियो ।
वल्र्ड एक्स्पोमा आधिकारिकरुपमा नेपाली मण्डप सञ्चालनको जिम्मेवारी पाएको नेपाल इम्प्मिेन्टिङ एक्सपर्ट ग्रुपले साङघाईस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावाससँगको सहकार्यमा गरेको उक्त प्रदर्शनी आगामी पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहमा पाओशान जिल्ला जनसरकारका उपगभर्नर श्रीमती ली युवान, साङ्घाईका लागि नेपालका अवैतनिक वाणिज्यदूत उ च्या मिङ, इम्प्मिेन्टिङ एक्सपर्ट ग्रुपका अध्यक्ष अमृतरत्न शाक्य, उपाध्यक्ष सुवर्णकृष्ण श्रेष्ठ, नेपाली मण्डपका निर्देशक विनायक शाह, वरिष्ठ संयोजक विनोदबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो ।
पाओशान जिल्लामा हालै सञ्चालनका ल्याइएको पाओशान अन्तरराष्ट्रिय लोककला प्रदर्शनी केन्द्रमा नेपाललगायत करिब ३० मुलुकले आ-आˆनो देशको लोककला प्रदर्शन गरिसकेका पनि श्री शाहले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks