Loving nepal news

Saturday, October 23, 2010

चुनावले नाका बन्द

कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक ७ - रौतहट भारतको बिहार राज्यमा विधानसभाका लागि आइतबार हुन लागेको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहटसँग जोडिएको नेपाल-भारत बैरगनिया सीमा भारतीय सुरक्षा बलले शनिबार अपराह्नबाट सिल गरेको छ ।

भारतीय सीमामा तैनाथ सुरक्षा बलले सीमा सिल गर्दै सुरक्षा निगरानी बढाएको छ । नेपालका सुरक्षा अधिकारीले समेत सुरक्षा व्यवस्थालाई कडा पार्न सीमामा सहयोग गरेको छ ।

बिहार राज्यमा आइतबार हुन लागेको निर्वाचनका बेला आपराधिक हरकत हुन नदिन भारतीय सीमा सुरक्षाबलले सीमा सिल गर्दै आवागमनमा रोक लगाएको प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताए ।बिहारका सुरक्षा अधिकारीको अनुरोधमा सीमा क्षेत्रमा नेपाल प्रहरीले समेत आपराधिक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाएको प्रउ अधिकारीले जनाए । सीमा क्षेत्र खुला भएकाले निर्वाचनको बेला भारतले सीमा सिल गदै आएको छ । सीमा सिल गरेपछि मानिसको आवागमन कम भएको छ । सुरक्षाबलले आइतबार साँझसम्म सीमा सिल गर्ने जनायो ।

निर्वाचनका बेला सीमा क्षेत्रबाट आपराधिक प्रवृत्तिका मनिसको चलखेल बढ्ने हुनाले सीमामा कडाइ गरेको भारतीय सुरक्षा अधिकारीले नेपालका सुरक्षा अधिकारीलाई जानकारी गराएका छन् । भारतमा माओवादी गतिविधि तीव्र भएको बेला हुन लागेको विधानसभाको निर्वाचनमा कुनै किसिमको घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको भारतको बैरगनियाका सञ्चारकर्मी राजकपुरले कान्तिपुरलाई बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks