जनकपुरधाम, कार्तिक ११ - सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले तराईका सशस्त्र समूह राजनीतिक चरित्रको नभइ अपराधिक चरित्रको भएको बताएका छन् ।
'उनीहरु राजनीतिक चरित्रको हुँदै होइनन् उनीहरु रातारात आफूलाई आर्थिकरुपले सबल बनाइ छिमेकी मुलुकमा सम्पत्ति संरक्षण गर्ने आपराधिक गतिविधि गर्ने समूह हुन्' रेडियो जनकपुरको चौथो वाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रममा बिहीबार उनले भने ।
साथै उनले तराईका सशस्त्र समूहले तराईका धरतीपुत्रलाई नै मारेर उनीहरु कसका लागि लडेका हुन् भन्ने प्रश्न उब्जाएको बताए ।
मन्त्री पोखरेलले सङ्घीयताका सन्दर्भमा मुलुकलाई नै कमजोर पार्ने किसिमले अपव्याख्या बढ्दै गएको भन्दै चिन्ता पनि व्यक्त गरे ।
उनले मिथिलाका भाषा, संस्कृति नेपाली सङ्घीयताको सबैभन्दा बलियो आधार भएको उल्लेख गर्दै मिथिलाका भाषा, संस्कृति, माटोको गरिमासँग खेलबाड कसैले पनि गर्न नहुने धारणा राखे ।
विगतमा मिथिलाको सङ्घीयताको महत्वपूर्ण आधार जनकपुर भएको चर्चा गर्दै उनले सङ्घीयतालाई बलियो बनाउने कार्यमा सबै पक्षलाई एकजुट हुन आग्रह पनि गरे ।
रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks