Loving nepal news

Thursday, October 7, 2010

अनेरास्ववियु अध्यक्षमा ओली पक्षका ढुंगेल विजयी


शेखर अधिकारी
काठमाडौ, आश्विन २२ - एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा केपी ओली पक्षका माधव ढुंगेल विजयी भएका छन् । उनले ९५८ मत पाएका छन् ।

संस्थापन पक्षका सोभियत ढकाल झिनो मत अन्तरले पराजित भए । ढकालले ९११ मत पाए । महासचिवमा पनि ढुंगेल प्यानलका किशोरविक्रम मल्ल विजयी भएका छन् ।

केन्द्रीय समितिको उपाध्यक्षमा नवराज पौडेल, भीम राई, सुधिर शाह, नविना लामा र लक्ष्मण लम्साल विजयी भएका छन् । महासचिवमा किशोर बिक्रम मल्ल विजयी भएको सो संगठनले जनाएको छ ।

सचिवमा रचना खड्का, बचन सिंह र सरोज यादव विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा ठूलो मत अन्तरले दिपक गौतम विजयी भएका छन् ।

जनकपुरमा मतदान भएपनि सुरक्षाको कारण देखाउँदै मतपेटिका गत बुधवार राजधानी ल्याईएको थियो । जनकपुरमा गत मंगलवार सम्पन्न २० औं राष्ट्रिय सम्मेलनमा १ हजार ८ सय २५ प्रतिनिधीले मतदान गरेका थिए ।

११ पदाधिकारीसहित २ सय १ सदस्यिय केन्द्रीय समितिका लागि ३ सय ५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks