अमेरिका, कार्तिक १३ - बंगलादेशको राजधानी ढाकामा भएको सार्क फुड बैंकको चौंथो बैठक बिहिबार साँझ सकियो । फुड बैंकका लागि भएको बैठकले कुनै ठोस परिणाम दिएन ।आपतकालिन अवस्थामा चाहिने खाद्यान्नका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कले फुड बैंकको प्रस्ताव गरेको थियो । सार्कका आठ सदस्य देशमा अहिले २ लाख ४३ हजार टन अन्न संरक्षित छ । त्यसमध्ये भारतमा १ लाख ५३ हजार, बंगलादेशमा ४० हजार, नेपालमा ४ हजार, श्रीलंकामा ४ हजार, अफगानिस्तानमा १२ सय, भूटानमा २ सय र माल्दिभ्समा १ सय ८० टन छ ।
बैठकले ४ लाख टन पुर्याउने प्रस्ताव गरेको छ र यसलाई बढाएर १० लाख पुर्याउने योजना हो । यस क्षेत्रको जनसंख्या बढ्दो छ, खेतीपातीको जमीनको उर्वरा शक्ति घट्दो छ । त्यसैले खाद्यान्न सुरक्षा आवश्यक छ । सार्क क्षेत्रमा विश्वको २३ प्रतिशत जनसंख्या बस्छ, जसले विश्वव्यापी आम्दानीमा २ प्रतिशत मात्र योगदान दिएको छ ।
दक्षिण एसियामा विश्वको ४० प्रतिशत गरिब जनसंख्या बस्छ, जसले दिनको एक अमेरिकी डलरभन्दा कम कमाउँछ । सवसहारा क्षेत्रपछिको गरिबी पनि यहिं छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks