Loving nepal news

Sunday, October 3, 2010

चितवनका शैक्षिक संस्था बन्द

दीपेन्द्र बडुवाल
भरतपुर, आश्विन १८ - शान्तीपुर्ण धर्नामा माओवादी निकट अखिल क्रान्तिकारी र वाईसीएलले हस्तक्षेप गरेको बिरोधमा पव्लिक क्याम्पस प्राध्यापक संघ र पेशागत संजालले सोमबार चितवनका सम्पूर्ण शैक्षिक संस्था बन्द आव्हान गरेको छ ।
आफ्ना अध्यक्ष सरोज कुमार बर्तौला माथि असोज ४ गते भएको आक्रमणमा संलग्न माओवादी कार्यकर्तालाई कारबाही गर्न दबाब दिने उद्धेष्यले पव्लिक क्याम्पस प्रध्यापक संघले आइतवार बिहान १० देखि १ बजेसम्म जिल्ला प्रशासनमा धर्ना दिएको थियो । धर्ना चलिरहेको बेला बिहान ११ बजे ज्ञापनपत्र बुझाउन भन्दै क्रान्तिकारी र वाइसीएल जवरजस्ती प्रशासन छिरेका थिए ।
संघका केन्दि्रय सदस्य बालानन्द शर्माले धर्नामा भएको अभद्र व्यवहारको बिरोधमा संघ र पेशागत संजाल (पापड) ले आज जिल्लाका सम्पुर्ण शैक्षिक संस्था बन्दको आव्हान गरेका छन । बन्दले बिहानै शैक्षिक संस्था ठप्प छन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks