काठमाडौ, कार्तिक ९ - राष्ट्रपति रामवरण यादव मंगलबार मैत्रीपूर्ण सद्भावना चीन भ्रमणमा जाँदैछन् । उनी कात्तिक १४ गते हुने सांघाई एक्स्पो समापन समारोहमा भाग जान लागेका हुन् ।
एक साता भ्रमणमा राष्ट्रपति यादवले एक्स्पोका अवलोकन गर्नुका साथै चिनियाँ प्रधानमन्त्री बेन जियाबाओ, सांघाईका मेयर र स्थानीय राजनीतिज्ञलाई भेट्ने कार्यक्रमा छ । राष्ट्रपति यादवको टोलीमा छोरी अनिता यादव, पर्यटनमन्त्री शरतसिंह भण्डारी, राष्ट्रपतिका सल्लाहकार सूर्य ढुङ्गेल र हरि शर्मा, चीनका लागि नेपाली राजदूत टंक कार्की, राष्ट्रपति कार्यालयका सचिव वामन न्यौपाने, परराष्ट्र सचिव मदन भट्टराई, शिष्टाचार महापाल मुक्ति भट्टलगायत छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks