Loving nepal news

Wednesday, October 27, 2010

नवीना मिस युके नेपाल


नवीन पोखरेल

लन्डन, कार्तिक १० - बेलायतमा पहिलोपटक आयोजित एउटा सुन्दरी प्रतियोगितामा नवीना गुरुङले जितेकी छन्- 'मिस युके नेपाल' ताज ।

नवीनाले ताजसँगै ट्रफी र ८ सय पाउन्ड प्राप्त गरेकी छन् । उनलाई आयोजक सुन्दरी सवि्रना श्रेष्ठले ताज पहिर्‍याइदिइन् । शनिबार मध्यरात ८ सय दर्शकमाझ ओकफार्म कम्युनिटी हल, फार्नबोरोमा सम्पन्न प्रतियोगितामा ताज जितेपछि नवीनाको अनुहारमा खुसीको सीमा रहेन । 'जिन्दगीमा सबैभन्दा बढी खुसीको क्षण यही हो, म मेरा अभिभावक, आयोजक र अन्य सबैप्रति कृतज्ञ छु,' उनले भनिन् । नवीनाले 'मिस ट्यालेन्ट' टाइटिल पनि जितिन् ।

प्रतियोगितामा फस्ट रनरअप भएर शिलाश्रद्धा लिम्बूले ट्रफी र ५ सय पाउन्ड पाइन् । मोनिका लिम्बू सेकेन्ड रनरअप भइन् र ३ सय पाउन्ड थापिन् । शिलाश्रद्धा र मोनिका दिदी-बहिनी हुन् ।

बेस्ट फिगर शिलाश्रद्धा, मिस पर्सनालिटी मोनिका, मिस क्याटवाक भावना लिम्बू र मिस फोटोजेनिक प्रमिला गुरुङ भए । बेस्ट ड्रेस र मिस योर च्वाइसको उपाधि टिना पुनले जितिन् । मिस योर च्वाइस उपाधि छनोट भोटिङका आधारमा गरिएको हो ।

अन्तिम दौडमा तेजु गुरुङ, मोनिका, नीता पुन, सृष्टि गुरुङ, भावना, सरला थापा, नवीना, शिलाश्रद्धा, नीलम गुरुङ, टिना, प्रमिला गुरुङ, ताबी लिम्बू र प्रतिमा गुरुङ गरी १३ जना थिए । १७ देखि २३ वर्ष उमेर समूहका यी प्रतिस्पर्धीहरू धेरैजसो विद्यार्थी हुन् ।

साँझ ७ बजेदेखि मध्यरात सवा १२ बजेसम्म चलेको प्रतियोगिता बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे र एनआरएन युके अध्यक्ष सूर्य गुरुङले उद्घाटन गरेका थिए । राजदूत चालिसेले यस्ता कार्यक्रमबाट प्रतियोगीहरूको आत्मबल वृद्धि र प्रतिभा प्रस्फुटन हुने बताए ।

फाइनल राउन्डका लागि गायिका शर्मिला बर्देवा, मिस हङकङ नेपाल पूणिर्मा गुरुङ, रिटायर्ड मेजर डमर घले, व्यवसायी फत्त थापा, एनआरएन युके उपाध्यक्ष कुल आचार्य, बालकृष्ण गुरुङ र निना गुरुङ निर्णायक थिए । पहिलो चरणमा १३ प्रतिस्पर्धीलाई १/१ प्रश्न सोधेर त्यसबाट उत्कृष्ट जवाफ दिने ५ जनालाई अन्तिम राउन्डमा प्रवेश गराइएको थियो । उक्त प्रतियोगिता शान्ति गुरुङ र सवि्रना श्रेष्ठको व्यक्तिगत पहलमा भएको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks