काठमाडौं, आश्विन २० - एमाले सभासद् गोविन्द नेपालीका छोरालाई 'इन्स्पेक्टर' बनाइदिने भन्दै घूस लिने असईद्वय सूर्यबहादुर सुनुवार र सूरेन्द्रबहादुर पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार धरौटीमा रिहा गरेको छ ।
आयोगले असईद्वय सुनुवार र पौडेलसँग प्रतिव्यक्ति ४ लाख १५ हजार रुपैयाँ धरौटी लिएर रिहा गरेको हो । सभासद् नेपालीका छोरा नवराजलाई 'इन्स्पेक्टर' बनाइदिने आश्वासनमा असईद्वयले एक-एक लाख रुपैयाँ घूस लिएको आरोपमा अख्तियारले एक महिनाअघि पक्राउ गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks