काठमाडौ, कार्तिक ९ - राष्ट्रसंघीय मिसन (अनमिन) ले विदामा बसेका लडाकु कमाण्डरहरु चीन भ्रमणमा गएको सम्बन्धमा आफुलाई जानकारी नभएको जवाफ मंगलबार सरकारलाई दिएको छ ।
सोमबार सरकारले माओवादी लडाकु कमाण्डरहरु चीन भ्रमणका गएको सम्बन्धमा लडाकुको हतियार तथा सेना अनुगमन गर्दै आएको अनमिनसंग जवाफ मागेको थियो ।
'सेना तथा हतियार सम्बन्धी सम्झौतामा लडाकुहरु विदामा बस्न सक्ने व्यवस्था छ, त्यसै अनुरुप उनीहरु विदामा बसेका हुन् । तर, चीन भ्रमणमा गएको भन्ने सम्बन्धमा जानकारी नभएको जवाफ सरकारलाई पठायौं' अनमिनका प्रबक्ता कसमस विश्वकर्माले मंगलबार भने ।
माओवादीका सैन्य इञ्चार्ज वर्षमान पुन, जनार्दन शर्मा,चन्द्रप्रकाश खनाल, पुनपत्नी तथा सभाषद् ओनसरी घर्तीलगायत लडाकु कमाण्डरहरु सुकबहादुर रोका मगर, तेजबहादुर ओली र महेन्द्र शाहीले असोज २९ गतेदेखि एक साता लामो चीन भ्रमण गरेका थिए । मगर दोस्रो, ओली चौथो र शाही छैठौं डिभिजनका कमाण्डर हुन् ।
चीन भ्रमणमा गएको सम्बन्धमा शान्ति तथा पुननिर्माण मन्त्रालयले अनमिनसंग जवाफ माग गरेको थियो । माओवादीले भने विदाको बेला लडाकु कमाण्डरहरु निजी भ्रमणमा चीन गएको बताउँदै आएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks