धनश्याम खडका
म्याग्दी, आश्विन २० - बेनी-जोमसोम सडकको बाँदरजुङ भीरबाट मंगलबार चार सय मिटल तल कालीगण्डकी नदीमा जीप खस्दा मृत्युहुने सवै १४ जनाको सनाखत भएको छ ।
दुर्घटना परि मृत्यु हुनेमा स्याङजा वाङसिङ्ग गाविस-५ घर भै कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाका प्रमुख बाबुराम पौडेल, उनकी श्रीमति मथुरा पौडेल, कावासोती, नवलपरासीका देवेन्द्र पौडेल छन् ।
त्यैसैगरी नुवाकोट सूर्यमतिका सहचालक सविन राई, दाना म्याग्दीका चलक गोपाल खोरजा, पोखरा उपमहानगरपालिका-१८ भेडीफारमकी सविना बानिया, चिमबहादुर भुजेल -घर्ती), उनकी पत्नि सरस्वती भुजेल, पोखरा लेकसाईडकी सलिस्मा गुरुङ्ग, टुक्चे मुस्ताङ्गका अजय थकाली -कल्साङ्ग), पैंयुपाटा-१ बाग्लुङ्गका प्रकाश शर्मा, जुनादेवी शर्मा, लिलादेवी शर्मा र दामोदरी उपाध्याय छन् । प्रहरीले सवै मृतकको शव राति नै सदरमुकाम बेनी ल्याई पुर्याएको छ ।
घाइते पोखरा नागढुङ्गकी सुस्मीता थकालीको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भै रहेको छ । उनको दाहिने खुट्टा दुई स्थानमा र दाहिने भांचिएको छ भने ढाडमा पनि चोट छ ।
बेनीबाट तीर्थयात्रुले रिजर्भ गरी लगेको ध १ ज ४९ नम्बरको जीप अपरान्ह साढे एक बजे दुर्घटनामा परेको हो । घाईते तोत्र बानियाँका अनुसार जीप उकालो सडकमा पीकअप लिन नसक्दा पछाडी गुड्दै भीरबाट तल कालीगण्डकी नदी किनारामा पुगेको हो । उनी भने सडकमा हाम फालेर बाँच्न सफल भएका हुन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks