दुर्गा खनाल
काठमाडौ, आश्विन २० - एमाले विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
जनकपुरमा मंगलबार राती सकिएको चुनावको मतगणनाका लागि सबै मतपेटिका बुधबार राजधानी ल्याएको छ । मतपेटिका पार्टी मुख्यालय बल्खुमा राखिएको छ । एमाले विद्यार्थी इन्जार्ज गोकर्ण बिष्टका अनुसार बिहीबार नै सक्ने लक्ष्यसहित मतगणना १५ स्थानमा हुनेछ ।
२३ वटा मतपेटिका छन् । एक हजार ८ सय ७२ मत खसेको छ । तर उम्मेदवारको संख्या धेरै भएकाले गणना गर्न ढिलो हुन सक्ने उनले जानकारी दिए । 'उम्मेद्वार धेरै छन' इन्चार्ज विष्टले भने,'त्यसैले मतगणनाका पुरा हुनका लागि केही समय लाग्छ ।'
अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष अञ्चल, समावेशी तर्फा सदस्य लगायतमा कुल ३ सय ९७ उम्मेदवार छन् । अनेरास्वियुको बिसौं सम्मेलनबाट नयाँ नेतृत्वका लागि चुनाव भएको हो । नयाँ नेतृत्वका लागि अध्यक्षमा सोभियत ढकाल र माधव ढुंगेल भिडेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks