भक्तपुर, कार्तिक ६ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले माओवादी अध्यक्षको चीन भ्रमण भारतप्रतिको घुर्की भएको उल्लेख गर्दै त्यो ठिक नभएको बताएका छन् ।
शिल्पकार समाजद्वारा गतवर्ष एसएलसी पास गरेकाहरुलाई सम्मान गर्ने कार्यक्रममा शनिबार बिजुक्छेले भने, 'माओदीको चीन भ्रमण भारतलाई घुर्की देखाएको हो । हिन्दुस्तानलाई घुर्की लगाउनु ठिक होइन ।'
उनले आठ बर्षसम्म भारतमै बसेर माओवादीले मुलुकभित्र जनयुद्ध गरेको उल्लेख गर्दै अहिले भारतको गुण बिर्सिएको आरोप लगाए । 'भारतलाई माओवादीको सबै आनीबानी थाहा छ' उनले भने, 'आफ्ना विद्यार्थीले कहाँ गल्ती गर्यो भन्ने कुरा शिक्षकलाई थाहा हुन्छ ।'
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, नेता अग्नी सापकोटा र दाहालका सहायोगी समिर दाहाल शुक्रबार चार दिने चीन भ्रमणमा निस्किएका छन् ।
साथै बिजुक्छेले चीन सरकारले कुनै एउटा पार्टीलाई नभइ नेपालीहरुको भावना बुझेर निर्णय गर्ने पनि बताए ।
त्यसैगरी बिजुक्छेले बजेट अध्यादेश मार्फत पारित गर्नुपर्ने बताए । अध्यादेश मार्फत बजेट पारित गराउन नमिले कामचलाउ सरकार भएपनि बहुमत रहेकाले संसदबाटै बजेट पारित गर्न सकिने उनको तर्क थियो ।
'प्रमुख प्रतिपक्षले विरोध गर्नु स्वभाविक हो । उसको विरोध रहिरहन्छ' उनले भने, 'यही अबस्थामा पनि बजेट पास हुन्छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks