Loving nepal news

Sunday, October 24, 2010

विश्व प्रेस काउन्सिल पदाधिकारीहरु पोखरामा


शिव शर्मा

कास्की, कार्तिक ७ - पोखरा हुने अन्तराष्ट्रिय बैठकमा सहभागी हुन विश्व प्रेस काउन्सिलको टोली आइतबार पोखरा आइपुगेको छ ।

नेपाली सेनाको विमानबाट आइपुगेको टोलीलाई पोखरा विमानस्थलमा पोखराका पत्रकारले स्वागत गरेका थिए । विश्व प्रेस काउन्सिलका अध्यक्ष जिए रे नेतृत्वमा अमेरिका, टर्की, तान्जेनिया मालबी, साइप्रस लगायतका गरी १४ जनाको टोली पोखरा आएको हो ।

पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गदै अध्यक्ष जियन्रेले बैठकमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको विषयमा छलफल गरिने बताए । महासचिव कि्रस कुन्भेले नेपालमा मात्र नभई पत्रकारको सुरक्षाको विषय विश्वमै नाजुक रहेको जनाए ।

नेपालमा पहिलो पटक विश्व प्रेस काउन्सिलको केन्द्रीय बैठक पहिलो पटक सोमबार पोखरामा हुँदैछ । लेकसाइड पारी अनदु स्थित होटल लिची गार्डेन हुने बैठकमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको विषयमा छलफल हुने बताइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks