Loving nepal news

Saturday, October 30, 2010

मदिरा सेवनबाट तीनको मृत्यु

अमन कोइराला

सर्लाही, कार्तिक १३ - मदिरा सेवनपछि बिरामी परेका सर्लाही किसनपुर गाविसका तीन जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दाले बिषालु मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको दावी गरेका छन् ।

मृत्यु हुनेमा किसनपुर गाबिस-८ का जयकुमार राय र गोलीयादेवी मण्डल र विजय ठाकुर रहेका छन । ठाकुरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिषालु मदिरा सेवन गराइएको भन्दै दोषिमाथि कारबाही गर्न मृतकका आफन्तले माग गरेका छन् । राय, मण्डलको शुक्रबार राती र ठाकुरको शनिबार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीले मदिरा बनाउने ब्यक्ति पहिचान भएको र पक्राउ गर्न टोली खटाइएको जनाएको छ । बिषालु मदिराबाट मृत्यु भएको भनिएका मण्डल र रायकोको लाश शनिबार पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।

ठाकुरले भने किसनपुरसंगैको बेला गाविसमा शनिबार लागेको हाटमा मदिरा सेवन गरेर गम्भीर बिरामी परेका परेपछि प्रहरीले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र हरिपुर लगेको थियो । उनको उपचारको क्रमा मृत्यु भएको हो । प्रहरीले उक्त क्षेत्रमा घरेलु मदिरा बरामद गर्ने जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks