Loving nepal news

Thursday, October 14, 2010

३१ मुस्लिम हज गर्न मक्का जाँदै

अब्दुल्लाह मियाँ

काठमाडौ, आश्विन २९ -

नेपालबाट यो वर्ष सात सय ३१ जना मुस्लिम हज -तीर्थाटन) का लागि साउदी अरबको मक्का जाने भएका छन् । हज, इस्लामका पाँच आधार स्तम्भमध्येको एक हो । इस्लाममा धनाढ्यका लागि हज गर्न अनिवार्य छ ।

कात्तिक पहिलो सातादेखि उनीहरू साउदीको मक्का जान सुरु गर्नेछन् । उनीहरूले कात्तिक अन्तिम साता साउदी अरबस्थित मक्का र मदिनामा हज कार्य गर्नेछन् । हजका लागि विश्वभरका मुस्लिमहरू मक्का जान थालिसकेका छन् । नेपाली हज यात्रीको व्यवस्थापनको तयारीका लागि गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरी साउदीको मक्का गइसकेका छन् । उनले त्यहाँ नेपालको दूतावासको सहयोगमा नेपाली हजयात्रीको वास, खानपिन, उपचारलगायतका अन्य सबै व्यवस्थापन मिलाउनेछन् । इस्लामी पात्रो 'हिजरी संवत्' अनुसार हरेक वर्षको 'जिल्हिज्जा महिना'मा विश्वभरका मुस्लिमहरू हज -तीर्थाटन) का लागि साउदी अरबको मक्का जान्छन् । करिब ४५ दिनसम्म मक्का र मदिनाका साथै अन्य विभिन्न पवित्र स्थलको परिक्रमा गरेपछि हज कार्य पूरा हुन्छ ।

हज गर्न जाने नेपाली मुस्लिमहरूको सम्पूर्ण व्यवस्थापनको काम केन्द्रीय हज समितिमार्फत हुने गरेको छ । हज समितिका अनुसार कात्तिक ८ देखि १९ गतेसम्ममा सबै हज यात्री साउदी

पुगिसक्नेछन् । एयर अरेबियामार्फत नेपालका हज यात्रीलाई मक्का पुर्‍याइनेछ ।

कात्तिक ८ मा एक सय २९, ९ मा एक सय ५२, १० मा एक सय, ११ मा एक सय १८, १३ मा ६६, १८ मा एक सय १२ र १९ मा ५२ जना मक्का जानेछन् । यो वर्ष सबैभन्दा बढी हजयात्री कपिलवस्तुका छन् । हज यात्रीको निगरानीका लागि नेपाल मुस्लिम नागरिक समाजका तर्फबाट कोषाध्यक्ष अब्दुल रहमान अन्सारीलाई मक्का पठाइने समाजका अध्यक्ष मसरुद्दिन अन्सारीले कान्तिपुरलाई बताए ।

त्यहाँबाट एक सय ४७ मुस्लिम हजका लागि जाँदै छन् । यो वर्ष सरकारले एक जना यात्रुसँग एक लाख ७० हजार रुपैयाँ शुल्क लिएको छ । उक्त रकम हज यात्रीका लागि ४५ दिन वास, खानपिन र हवाई टिकटमा खर्च हुने केन्द्रीय हज समितिले जनाएको छ । हजका क्रममा लाग्ने अन्य खर्च यात्रुले नै बेहोर्नुपर्ने छ । '

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks