बुटवल, कार्तिक १० - रुपन्देहीको ड्राइभरटोलमा अज्ञात समुहले बुधबार साँझ गराएको बम विष्फोटमा चार यात्रु गम्भीर घाइते भएका छन् ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ६४९४ नम्वरको माइक्रोबसमा सिद्धार्थ राजमार्गको ड्राइभरटोलमा सकेट बम विष्फोट गर्दा माइक्रोमा सवार चार जना गम्भीर घाइते भएका हुन् ।
विष्फोटबाट रुपन्देहीको पर्रोहा गाविस ५ का शीव शर्मा, गजेडी ३ का देउमाया भुजेल, बुटवल १२ की सुशीला पौडेल र हेटौंडाका कुन्दन श्रेष्ठ गम्भीर घाइते भएका छन् । घाइतेमध्ये हेटौंडाका श्रेष्ठको टाउकोमा गम्भीर चोट छ ।
उनीहरु सबैको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको छ ।
वम विष्फोट गराउने समूहको खोजी तथा थप क्षेत्रमा पनि घटना घट्ने आशंकामा बुटवल भैरहवा लगायत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले जानाकारी दिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks