मुम्बई (एजेन्सी), आश्विन २४ - बलिउड बक्सअफिसमा सबैभन्दा बढी कमाउने फिल्म 'थ्री इडियट्स'को रेकर्ड 'दबंग'ले तोडेपछि सलमान खान मक्ख थिए । तर, महिना नबित्दै उनको पूर्वप्रेमिका ऐश्वर्या राय (बच्चन) को फिल्म 'इन्धिरान : द रोबोट'ले उनको खुसीलाई साबुनको फोको फुटाएझैं फुटाइदिएको छ । बक्सअफिसमा सबैभन्दा बढी रकम जम्मा पारेर 'रोबोट' ले नयाँ कीर्तिमान राखेको छ ।
इद पर्वको अवसर पारेर रिलिज गरिएको 'दबंग' ले पहिलो सातामा ८२ करोड भारु कमाएको थियो । तर, सोही समयावधिमा 'इन्धिरन : द रोबोट'ले सलमानको पछिल्लो ब्लकबस्टरलाई पछार्दै ११७ करोड रकम जम्मा गरेको छ । साताअघि विश्वभर रिलिज गरिएको यो फिल्मले घरेलु आम्दानीमै यति धेरै रकम कमाएको हो । बक्सअफिसमा सोही रकम जम्मा पार्न 'दबंग' लाई दुई साता लागेको थियो ।
चिनियाँ सुपरस्टार ज्याकी च्यानपछि दक्षिण एसियाकै सबैभन्दा महँगा नायक रजनीकान्त 'इन्धिरान ः रोबोट' का प्रमुख पात्र हुन् । रजनीकान्तको डबल रोल रहेको यस साइन्स-फिक्सनलाई निर्माण गर्न दुई वर्ष तथा डेढ अर्ब भारु लागेको थियो । तीन वर्षपछि पर्दामा देखापरेका ६० वर्षे नायक रजनीकान्तलाई उनको भिन्न स्टाइल र संवाद बोल्ने तरिकाका लागि विशेष रुचाइन्छ । फिल्मको बढ्दो सफलताले थप कीर्तिमान राख्ने अड्कल लगाइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks