Loving nepal news

Tuesday, October 5, 2010

पास्को आइपुगे

फणिन्द्र दाहाल

काठमाडौ, आश्विन २० - उच्चस्तरीय राजनीतिक परामर्शका लागि राष्ट्रसंघीय राजनीतिक मामिला सम्बन्धी उपमहासचिव बि लिन पास्को बुधबार नेपाल आएका छन् । दुईदिने बसाइमा क्रममा उनले शान्तिप्रक्रियामा भएको प्रगति र अनमिनको कार्यदेश पुरा गर्ने सम्बन्धमा भइरहेको तयारी बारे समिक्षा गर्नेछन् ।

पास्कोले सरकारका उच्च अधिकारीहरु, राजनीतिक नेताहरु, नागरिक समाजका प्रतिनिधिहरु, यहाँस्थित अन्तरराष्ट्रिय समुदाय र अनमिन तथा राष्ट्रसंघीय निकायमा अधिकारीहरुसंग छलफल गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री माधवकुमार नेपाल,माओवादी अध्यक्ष पुष्पकमल दाहाल,काँग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसंग आजै भेटघाट गर्दैछन् । साथै सेना समायोजन विशेष समितिका सदस्यहरुसंग पनि उनले अन्र्तक्रिर्या गर्नेछन् । बिहीबारसम्मको बसाईमा उनले मधेशवादी दल,नागरिक समाज,अन्तर्राष्ट्रिय समूदायका प्रतिनिधिहरुसंग पनि छलफल गर्नेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले सुरक्षा परिषद्ले जनवरी १५ पछि नेपालमा अनमिनको काम बन्द गर्न निर्देशन दिएको बताए । उक्त समय अगावै शान्ति प्रक्रिया टुङ्गो लगाउन अनमिनले नेपालका राजनीतिक दलहरुलाई आवश्यक सहयोग गर्ने उनले जानकारी दिए । शान्ति प्रक्रियका विषयमा भएका प्रगति बुझ्न आफू नेपाल आएको भन्दै उनले शान्ति प्रक्रिया अहिले संवेदनशिल अवस्थामा रहेको प्रतिक्रिया दिए । उनले संयुक्त राष्ट्रसंघ नेपालमा शान्ति प्रक्रिया सफल भएको हेर्न चाहेको जनाए । नेपाल छाड्न अघि अनमिनले के के गर्न सक्छ त्यस विषयमा राजनीतिक दलहरुसंगको छलफलपछि त्यसलाई सुरक्षा परिषद्मा आफूले राख्ने उनले जानकारी दिए ।

अनमिन प्रमुख करिन ल्यानग्रेन तथा एसीया प्यासिफिक डिभिजनका राजनीतिक विभागका प्रमुख तम्राट स्यामयुलले विमानस्थलमा पास्कोलाई स्वागत गरेका थिए । विमानस्थलबाट सोझै अनमिन कार्यालय पुगेर अनमिनका कर्मचारीहरुसंग पास्कोले छलफल गर्ने कार्यक्रम रहेको छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks