काभ्रे, आश्विन २३ - रक्षा मन्त्री विद्या भण्डारीले संसदमा हुँदै आएको प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेसका उमेद्धार रामचन्द्र पौडेल पराजित नभएको बताएकी छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले शनिबार बनेपामा आयोजना गरेको दौड प्रतियोगिता कार्यक्रममा मन्त्री भण्डारीले मिडियाले यति औं पटक पौडेल पराजित भनेर गलत समाचारहरू प्रकाशित गरिरहेको आरोप लगाईन् । 'संविधान सभामा उपस्थित भई निर्वाचन प्रक्रियामा भाग लिएका सभासद्हरूको दुई तिहाई मत पौडेलले पाईराखेका छन्' उनले भनिन्, 'निर्वाचन प्रक्रियामा भाग नलिएकाहरूलाई आधार बनाएर पौडेल यति औं पटक पराजित भए भनेर भन्न मिल्दैन, उनी अहिले सम्मको निर्वाचन प्रक्रियामा पराजित भएकै छैनन् ।' प्रधानमन्त्री पदमा निर्वाचन हुनको लागि मत मात्र नपुगे उनले बताईन् । मिडियाहरूलाई पौडेल पराजित भए भनेर नलेख्न समेत उनले आग्रह गरेकी छन् । करिब आधा घण्टा बोलेकी उनीले काँग्रेसलाई समर्थन गर्नमै अधिकांश समय खर्चेकी थिइन् । जेठ १४ गते बसेको राजनैतिक दलको बैठकमा संविधानसभाको म्याद नथप्ने अडान राखिरहेको माओवादीले अन्तिम समयमा आई प्रधानमन्त्रीको राजीनामालाई प्रमुख शर्त बनाई तीन बुँदे सहमति गरेर मात्रै संविधान सभाको म्याद एक वर्ष थपेको स्मरण गर्दै उनले काँग्रेसले प्रधानमन्त्रीको उमेद्धारी फिर्ता गर्न राखेको शर्त निकै राम्रो भएको बताइन् । 'काँग्रेसले प्रधानमन्त्रीबाट उमेद्धारी फिर्ता लिन राखेको शर्तमा हामीहरूको पूर्ण समर्थन छ' उनले थपिन्, 'जेठ १४ गते तीन दल बीच भएको १ नम्बर बुँद्धाको शर्त काँग्रेसले राखेको छ, जुन शर्त अहिले सम्म माओवादीले पुरा गरेको छैन ।' २ र ३ नम्बर बुँदाको सम्झौताको शर्त काँग्रेस, एमालेले पुरा गरिसकेको उनले बताइन् । शान्ति प्रक्रियालाई सार्थक निकर्षमा पुर्याउन बाँकी रहेका कामहरू अविलम्ब सम्पन्न गर्ने बुँद्धा १ सम्झौताको शर्त १ नम्बरमा रहेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks