Loving nepal news

Monday, October 18, 2010

प्रधानसेनापति दक्षिणकोरिया प्रस्थान


कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक १ - प्रधानसेनापति छत्रमानसिंह गुरुङ दक्षिण कोरियाको राजधानी सोलमा हुने एसिया-प्रशान्त क्षेत्रका सेना प्रमुखहरुको तेह्रौं वाषिर्क सम्मेलनमा भाग लिन आइतबार सांझ त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार एशिया-प्रशान्त क्षेत्रका २८ मुलुकका सैनिक प्रमुख सहभागि हुने छन् । सम्मेलनमा ती मुलुकका सुरक्षा चुनौति तथा अवलम्बन गर्नु पर्ने भावी रणनीतिबारे छलफल गरिने जनाएको छ ।

कात्तिक ५ गतेसम्म हुने उक्त सम्मेलनका क्रममा प्रधानसेनापति गुरूङले आफ्ना समकक्षीहरूसँग द्विपक्षीय एवम् बहुपक्षीय विषयमा विचारविमर्श गर्नेछन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks