रौतहट , कार्तिक १३ - लागु औषधको कारोबारमा सँलग्न एक भारतीय युवकलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शनिबार दिउंसो पक्राउ गरेको छ । पक्राउ परेको युवाको साथबाट लागु औषध ब्राउन सुगर र जोख्ने तराजु समेत बरामद गरेको छ ।
भारतको पश्चिम चम्पारणस्थित सिक्टा घर भएका मुस्कान गुप्तालाई प्रहरी निरीक्षक गौतम मिश्रको टोलीले लागु औषध ५ ग्राम ब्राउन सुगर र जोख्ने तराजु सहित पक्राउ गरेको हो । गुप्ता केही महिनादेखि भारतबाट चन्द्रनिगाहपुरमा पान पसल गर्दै आएका थिए । चन्द्निगाहपुर क्षेत्रमा लागु औषधको कारोबार बढेको सूचना पाएपछि प्रहरीले शंकास्पद ईलाकामा निगरानी र चेकजांच बढाएको छ । प्रनि गौतमले पक्राउ परेका युबकको आबश्यक अनुसन्धान भईरहेको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks