Loving nepal news

Saturday, October 16, 2010

बसको ठक्करबाट बिहानै एकको मृत्यु

मनोज पौडेल

कपिलवस्तु, आश्विन ३० - काठमाडौंबाट दाङ जादै गरेको ना ३ ख ९९६० नम्बरको बसले ठक्करबाट दिदा शनिबार बिहान करिब ३ बजे कपिलवस्तुको बाणगंगा गाबिस-२, गोबडिहा बस्ने ३२ बर्षका दिलबहादुर सुनारको मृत्यु भएको छ ।

सुनारलाई पुर्व पश्चिम राजमार्गस्थित बाणगंगा गाबिस-१, पिपरामा बसले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयले गोरुसिंगेले जनाएको छ ।

ठक्कर दिए पछि फरार भएको बस पुर्ब पश्चिम राजमार्गस्थित जयनगर गाविस-५, कुन्द्रे खोला जंगलमा बेवारिसे अबस्थामा फेला परेको थियो ।

चालक बुद्धिबल नेपाली भने फरार रहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks