Loving nepal news

Tuesday, October 19, 2010

नेपाल मौसम परिवर्तनको चपेटामा पर्नसक्छः अध्ययन

राजेश कोइराला

अमेरिका, कार्तिक ३ - नेपाललगायत दक्षिण एसियाका देश मौसम परिवर्तनको चपेटामा पर्ने एक अध्ययनले देखाएको छ । यसरी बढी खतरामा पर्ने पहिलोमा बंगलादेश छ भने भारत दोस्रो छ । मडागास्कर तेस्रो स्थानमा छ भने नेपाल चौथो छ ।

ब्रिटिस कन्सल्टेन्सी मेपलक्रफ्ट गरेको अध्ययनअनुसार नर्दिक राष्ट्र मौसम परिवर्तनको चपेटामा कम पर्ने मुलुक हुन् । अध्ययन प्रतिवेदन विभिन्न ४२ वटा तथ्यमा आधारित भएर तयार पारिएको हो ।

नेपालपछि क्रमशस् मोजाम्बिक, फिलिपिन्स, हैटी, अफगानिस्तान, जिम्बाब्वे र म्यान्मा छन् । भियतनाम १३ औं स्थानमा छ भने बाढीग्रस्त पाकिस्तान १६ औं स्थानमा छ ।

कुल १७१ देशमा कम चपेटा पर्नेमा नर्वे छ । नर्वेलाई फिनल्याण्ड, आइसल्याण्ड, आयरल्याण्ड, स्विडेन, डेनमार्कले पछ्याएका छन् । यी उत्तर युरोपेली मुलुकमा उब्जनी राम्रो हुन्छ ।

विश्वका मुख्य अर्थतन्त्र अमेरिका १२९ औं, चीन ४९ औं र जापान ८७ औं स्थानमा छन् ।

संयुक्त राष्ट्र संघको वातावरण सम्मेलन नोभेम्बर २९-डिसेम्बर १० आयोजना गर्न तयार मेक्सिको ४५ औं स्थानमा छ । तथ्यांकको अभावमा केही दशकमै धेरै भाग डुब्ने अनुमान गरिएको माल्दिभ्सबारे अध्ययन चुप छ । अध्ययनमा उत्तर कोरियाबारे केहि उल्लेख छैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks