Loving nepal news

Saturday, October 16, 2010

उपराष्ट्रपति लहानमा


रासस

लहान, आश्विन ३० - उपराष्ट्रपति परमानन्द झा सिरहाको लहान आइपुग्नुभएको छ ।

उपराष्ट्रपति झाले शनिबार महानवमीको दिन सिरहाको भगवानपुरमा रहेको ऐतिहासिक तथा प्राचीन बालासुन्दरी भगवतीको पूजाअर्चना गर्ने कार्यक्रम रहेको सुरक्षास्रोतले जनाएको छ ।

उहाँ बस्नु भएको लहानको विशाल होटलमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ । बालासुन्दरी भगवतीको पूजाअर्चना गरी पुनः उपराष्ट्रपति झा लहान फर्किने कार्यक्रम रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks