काठमाडौं, कार्तिक २ - राजनीतिक गतिरोध अन्त्य तथा पूर्ण बजेट ल्याउने विषयमा राष्ट्रपति रामवरण यादवले मंगलबार बिहान तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा भएको राष्ट्रपतिले नयाँ सरकार बन्न भएको ढिलाइ तथा बजेट नआउँदा आउनसक्ने आर्थिक अन्यौललगायतका विषयमा छलफल चासो राखेका छन् ।
छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल सहभागी थिए । भेटमा प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी भए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks