अमेरिका, कार्तिक १३ - अमेरिकी अभिभावकले नेपाली बालबालिकालाई धर्मपुत्र-पुत्री बनाएर ल्याउन चाहँदा कानुनी कठिनाईमा पर्दै गएकोमा अमेरिका गम्भिर भएको छ । अपहरित बालबालिका पर्न सक्ने र झूठा कागजपत्र पेश गर्ने डरले अमेरिकी स्टेट डिपार्टमेन्ट तथा केही अरु पश्चिमा मुलुकले नेपालबाट धर्मपुत्र-पुत्री ग्रहण गर्ने नियममा थोरै कडाई गरेका थिए । नेपालको नियम स्पष्ट नभइदिनाले यस्तो अवस्था आएको हो । यहि अप्ठ्यारोका कारण अहिले करिब ८० बालबालिका र तीनका विदेशी अभिभावक नेपालमै अल्झिएका छन् ।गत साता काठमाडौंमा भएको नेपाली परराष्ट्रमन्त्री सुजाता कोइरालासँगको भेटमा अमेरिकी राजदूत स्कट एच डेलिसीले धर्मपुत्र-पुत्री ग्रहण गर्ने कानुनमा संशोधन गर्न आग्रह गरेका थिए ।
यसै विषयलाई लिएर अमेरिकी स्टेट डिपार्टमेन्टले सोमबार स्थानिय समयअनुसार १ बजे वासिंगटन डिसीमा एउटा पत्रकार सम्मेलन राखेको छ । हेग धर्मपुत्र-पुत्रीबारे महासन्धीलाई कार्यान्वयन गराउन जोड दिनु पर्ने आवश्यकता औंल्याइने उक्त पत्रकार सम्मेलनमा बालबालिकाका विषयका लागि विशेष सल्लाहकार सुसान ज्याकोब्सले अमेरिकी धारणा स्पष्ट पार्ने र पत्रकारका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks