Loving nepal news

Sunday, October 24, 2010

१९ पल्ट सगरमाथा चढेका छेवाङ हराए


कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक ८ - आप्पा शेर्पापछि सर्वोच्च शिखर सगरमाथामाथि सबैभन्दा बढी पाइला टेकेका आरोही छेवाङ नीमा शेर्पा शनिबारको हिम पहिरोमा परी बेपत्ता भएका छन् ।

बाटो पहिल्याउने क्रममा उनी ७ हजार १ सय ३० मिटर अग्लो बरुणत्से हिमालमा हराएका हुन् । 'टोलीमा रहेका अर्का साथीका लागि बाटो बनाइदिन डोरी ओछ्याउँदै थिए,' शेर्पा सांगि्रला ट्रेकका जीवन घिमिरेले भने, 'टोलीमा उनी सबैभन्दा दक्ष भएकाले सहयोगका लागि अगाडि जाँदा दुर्घटनामा परे ।'

डोरी ओछ्याइरहेका बेला एक्कासि हिमपहिरोले उनलाई बगाएको टोलीका अन्य सदस्यलाई उद्धृत गर्दै घिमिरेले बताए ।

अन्य सदस्यहरू अझै आधार शिविरमै छन् । शनिबार अपराह्न साढे चारबजे भएको घटनापछि आइतबार फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार टोली पठाइएको थियो । 'तर हावा बढी चलेकाले उद्धार गर्न सकिएन,' घिमिरेले थपे, 'सोमबार फेरि प्रयास गर्नेछौं ।' उनी सकुशल भेटिऊन् भनेर परिवारजन पूजा गरिरहेका छन् ।

उनी अक्टोबर १७ मा शेर्पा सांगि्रला ट्रेकको बि्रटिस टोलीका पाँच आरोहीका गाइडका रूपमा बरुणत्सेतर्फ लागेका थिए । १९८८ मा पहिलोपल्ट सगरमाथा चढेका छेवाङले सन् २०१० को वसन्त ऋतुमा दुईपल्ट गरी १९ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । २० पल्ट सगरमाथा चढेका आप्पा शेर्पाको विश्वव्यापी चर्चाका कारण ओझेलमा परे पनि उनी निकै सक्षम सरदार मानिन्छन् ।

उनले चोयु सिसापांगा, अमादबलम, नेचिन कांगसालगायत हिमाल आरोहण गरिसकेका छन् । सोलुखुम्बुको नाम्चे गाविसअन्तर्गत थामेका ४३ वषर्य शेर्पाका श्रीमती र दुई सन्तान उनको आगमनको प्रतीक्षामा रहेको परिवारजनले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks