Loving nepal news

Monday, October 18, 2010

जुवामा हारेपछि युवक अचेत

जितेन्द्र खडगा

राजबिराज, कार्तिक १ - जुवामा धेरै रकम हारेको पिडा सहन नसकी सप्तरीको पोर्ताहामा सोमबार एक युवक अचेत भएका छन् । पोर्ताहा चौकमै भईरहेको गुडगुडिया (जुवा) मा भारतबाट पाहुना आएका १६ वर्षिय महेश खंगरु तीनहजार भारु रुपैयाँ हारेको पीडा सहन नसकी बेहोस भएका हुन् ।

दसैं मान्न उनी मामा घर आएका थिए । सार्वजनिक स्थानमै भई रहेको गुडगडिया खेल्न थालेका खंगरुले एकै छिनमा तीनहजार भारु हारेका थिए । साथमा थप रुपैयाँ नभएपछि उनको स्थानमा भएको माबाईल समेत त्यहाँ हारेका थिए । जुवामा सबै रकम हारेपछि घर जान भाडा समेत नभएपछि उनी खेलेकै ठाउँमा बेहोस भएका हुन् ।

स्थानीयबासी शंकर यादवले गुडगुडिया खेलाउने सँग रु एकसय भारु दिलाई खंगरुलाई घर पठाउने ब्यवस्था मिलाई दिएको प्रत्यक्षदर्शी भवेश यादवले बताए । खंगरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

दसैं लागेयता सप्तरीको बिभिन्न सार्वजनिक स्थानहरूमा जुवा, तास, कोडी, गुडगुडिया खेल्ने क्रम बढेको छ । कानुनी रुपमा बन्देज गरिएपनि नजिकै रहेको प्रहरीहरूले समेत कुनै अवरोध नगरेपछि बालबालिका, युवा समेत निर्धक्क जुवा खेलिरहेका छन् । यस्तो जुवा तास स्थानीय प्रहरीहरूकै संरक्षणमा खेलाउने गरेको स्थानीय बासिन्दाहरूको आरोप छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks