Loving nepal news

Saturday, October 9, 2010

तीन दिनदेखि दुई बालक बेपत्ता

रुकुम, आश्विन २३ - मग्मा-४ का दुई बालक गत तीनदेखि हराइरहेको पारिवारले जनाएको छ । मग्मा-४ का १३ वर्षीय शेरबहादुर सार्की र उनका साथी प्रविर विक हराइरहेका छन् ।

उनीहरू सामान किन्न दुई हजार ५ सय भारतीय रुपैयाँ लिएर नजिकैको बजारमा गएका थिए तर फर्केर नआएको शेरबहादुरका बुबा भीमबहादुरले बताए ।

उनले आफ्ना छोराहरूको खोजी गरिदिन नेपाल प्रहरी र अन्य सरोकारवाला निकायसँग पनि आग्रह गरेका छन् । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks