Loving nepal news

Thursday, October 7, 2010

भारतीय राजदूतको सोलुखुम्बु भ्रमणप्रति एमालेको पनि आपत्ति

कान्तिपुर संवाददाता

सोलुखुम्बु, आश्विन २१ - भारतीय राजदूत राकेश सुदले 'अनावश्यक' भ्रमण गरेको भन्दै एमालेले विरोध गरेको छ । राजदूतको कुनै पनि कार्यक्रममा पार्टीले सहभागिता नजनाउने एमालेको भनाइ छ ।

बुधबारदेखि सोलुखुम्बुमा रहेका राजदूत सूद आइतबारमात्र काठमाडौं फर्कने कार्यक्रम छ । 'राजदुतले देशको बारेमा बुझ्ने प्रचलन छ' एमाले जिल्ला अध्यक्ष आङ ङिमा लामाले भने, 'सोलुमा उदघाटन गर्न आएका राजदूत किन थामे जानुपर्ने यसमा हाम्रो आपत्ति छ ।'

जिल्लामा भएका कार्यक्रममा राजदुतको कुनैपनि कार्यक्रममा सहभागिता नजनाएको उनले बताए । 'राजदूत उदघाटनमा आउनु ठूलो कुरा होइन, हामी पार्टीको आन्तरिक काममा ब्यस्त छौं,' अध्यक्ष लामाले भने ।

कांगे्रसका जिल्ला सभापति आङ गेलु शेर्पाले राजदुतको औपचारिक भ्रमणलाई गलत रुपमा लिन नहुने बताए । राजदूत सुद शनिबार खुम्जुङ खानेपानी आयोजनाको शिलान्यास गरेर आइतबार काठमाडौं फर्कनेछन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks