Loving nepal news

Tuesday, October 5, 2010

बालक हत्यारालाई पार्टीबाट निष्कासन गरेको भूमिगत समूहको दाबी

१० लाख फिरौती बुझाए पनि अपहरित बालकको अत्तोपत्तो छैनः परिवार

जनक नेपाल

नेपालगन्ज , आश्विन १९ - भूमिगत तराई जनतान्त्रिक पार्टीले विद्यार्थी अपहरण र हत्यामा संलग्नलाई कमाण्डरलाई निष्कासन गरेको बताएको छ ।

उक्त समूहका बाँके जिल्ला इन्चार्ज मेराज अहमद साई 'आर्दश'ले विद्यार्थीद्वय लिलाधर भट्ट र कपिल द्विवेदीको अपहरण गरी भट्टको हत्या गरेको अध्यक्ष अर्जुन सिंहले दाबी गरेका छन् । 'पार्टीको मूलमर्म, भावना र नियम विपरित विद्यार्थी लिलाधर भट्टलाई अपहरणपछि हत्या गरिएकाले आर्दश अपराधी हुन्'- सिंहद्वारा मंगलवार जारी विज्ञप्तीमा छ । उक्त घटनाबारे बाँके इन्चार्ज सुरज सिंहले गरेको अनुसन्धानमा आर्दशको संलग्नता पुष्टि भएको अध्यक्ष सिंहले बताएका छन् ।

अपहरण र हत्यामा मेराजका दाइ निजामुद्घनि र भाइ रेंगउ पनि संलग्न रहेको आरोप लगाउँदै तिनै जनालाई भौतिक कारबाही गर्ने उनले चेतावनी दिएका छन् ।

भट्टसंगै अपहरित द्विवेदीको अझै अत्तोपत्तो छैन । उनका परिवारले सोमवार १० लाख फिरौती बुझाएका थिए । अपहरणकारीले एक घण्टाभित्र मुक्त गर्ने बताएपनि अझै अत्तोपत्तो नभएको परिवारले जनाएका छन् । अपहरित बालकको सकुशल उद्दारका लागि मंगलवार बाँकेका ४ सय प्रहरी इन्द्रपुर, मानपुर, सुरजपुर, लग्दहवा, कारकाँदो र भुजईगाउँमा सर्च गरेको प्रहरी उपरीक्षक महेशविक्रम शाहले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks