कान्तिपुर संवाददाता
पर्सा, आश्विन १६ - छ वर्षीय बालिकाको हत्या गरी १८ वर्षदेखि फरार रहेको हत्याका अभियोगीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्साको पोखरी निवासी सोनालाल साह गोठका छ वर्षीया बालिकालाई हत्या गरेको अभियोगमा १८ वर्षदेखि फरार रहेका पोखरीया-६ निवासी रामेश्वर साह गोठलाई इलाका प्रहरी कार्यालय पोखरीयाले शुक्रबार साँझ पोखरी बजारबाट पक्राउ गरेको हो ।
पारिवारिक झगडाको कारण सोनाला साह गोठका-छ वर्षीया बालिकालाई हत्या गरी फरार रहेका गोठ १८ वर्षछि नेपाल आएको सूचना प्राप्त भएपछि प्रहरी गोठलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय पोखरियाका इर्न्चाज प्रहरी निरीक्षक सन्तु जैसवालले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेको गोठलाई शनिबार बिदाको दिन भएको कारण उनलाई इलाका प्रहरी कार्यालय पोखरियामा नै राखिएको निरीक्षक जैसवालले बताए ।
अठार वर्षदेखि फरार रहेका हत्याका अभियोगी गोठलाई छुटाउन विभिन्न राजनीतिक दलका नेताहरु प्रहरीमाथि दबाव दिइरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks