काठमाडौ, भाद्र २४ - राष्ट्रसंघीय सुरक्षा परिषदका तीन सदस्य राष्ट्रका नेपालस्थित प्रतिनिधिले बिहीबार प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी अनमिनको विषयमा विवाद नगर्न सुझाव दिएका छन् ।
नेपालको शान्तिप्रकृयामा अनमिनको आवश्यकता अझ बाँकी रहेको उल्लेख गर्दै सुरक्षा परिषदका सदस्य राष्ट्रहरु अमेरिका, वेलायत र फ्रान्सका नेपालस्थित राजदूत र कार्यबहाक राजदूतले त्यस्तो सुझाव दिएका हुन् ।
'उहाँहरूले अनमिनका सम्बन्धमा आफ्नो मुलुकको चासो व्यक्त गर्नुभयो,' प्रधानमन्त्रीका एक सल्लाहकारले इकान्तिपुरलाई भने, 'विवादका बीच सुरक्षा परिषदलाई निर्णय गर्न गाह्रो हुने भएकाले अनमिनको कार्यादेशका विषयमा एकमत हुन सुरक्षा परिषद्ले आग्रह गरेको छ ।'
प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहाललाई भेट्नेमा नेपालस्थित वेलायती राजदूत जोन टक्नट्, अमेरिकी राजदूत स्कट एच डेलिसी र फ्रान्सका कार्यबहाक राजदूत जाँ रोम्निसियाँ थिए । 'अनमिनको कार्यादेशका विषयमा कुराकानी भयो,' नेपालस्थित वेलायती दूतावासका प्रेस तथा राजनीतिक अधिकृत अजय दासले भने, 'वेलायती राजदूतले अनमिनको कार्यादेशमा विवाद नगर्न र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन सहमतिको प्रयास गर्न आग्रह गर्नुभयो ।'
यसैगरी नेपालका लागि अमेरिकी राजदूत डेलिसीले अध्यक्ष दाहालसँगको भेटवार्तापछि नेपालमा अनमिन अझ आवश्यक रहेको धारणा राखेका थिए । डेलिसीका अनुसार, उनले माओवादीलाई शान्ति प्रक्रिया छिटो निस्कर्षा पुर्याउन थप पहल गर्न आग्रह गरे । अमेरिकी दुतवासका प्रवक्ता टे ह्वाइटले भेटवार्ता भएपनि त्यसमा भएका कुराकानीबारे जानकारी नभएको प्रतिक्रिया दिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks