Loving nepal news

Wednesday, September 22, 2010

स्थानीय विकास मन्त्रालयमा बम राखिएको फोन

कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन ७ - ललितपुरको पुल्चोकस्थित स्थानीय विकास मन्त्रालय परिसरमा बम राखिएको आशंकमा प्रहरीले मन्त्रालयमा अनुसन्धान सुरु गरेको छ । प्रहरीले मन्त्रालयलाई सिल गरेको छ । कार्यालय समयमा मन्त्रालय पुगेका कर्मचारी र सेवाग्रहीलाई कार्यालय प्रवेशमा रोक लगाईको छ । बम राखिएको हल्लाले कर्मचारी आतंकित भएका छन् ।

तराई भाइरस नाम गरेको संगठनको दावी गर्दै एक व्यक्तिले ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई काठमाडौको ल्याण्ड लाइनबाट फोन गरेर स्थानीय विकास मन्त्रालयको विभिन्न स्थानमा बम राखेको बताएपछि प्रहरीले सक्रियता बढाएको हो ।

ललितपुरका प्रहरी उपरीक्षक बिक्रमसिंह थापाले फोनका आधारमा अनुसन्धान बढाइएको बताए । उनले झुठा कुरा भएछ भने पनि सुरक्षाको दृष्टिकोणले गम्भीरताका साथ अनुसन्धान थालिएको बताए । सशस्त्र र जनपथका दक्ष जनशक्ति र तालिम प्राप्त कुकुर पनि अनुसन्धानमा प्रयोग गरिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks