Loving nepal news

Thursday, September 2, 2010

विवाह तयारीमा बि्रटनी

हवाई (एजेन्सी), भाद्र १८ - अमेरिकी 'पप प्रिन्सेस' बि्रटनी स्पेयर्सका दुवै विवाह असफल भए । तर 'उप्स... आई डिड इट अगेन' स्टारलाई असफल वैवाहिक इतिहासले अर्को सम्बन्धबाट रोक्लाजस्तो देखिँदैन । उनी ब्वाइफ्रेन्ड तथा पूर्वएजेन्ट जेसन ट्राविकसँग बाँधिने तरखर गर्दै छिन् ।

वर्ष दिनयता डेटिङमा रहेका बि्रटनी-जेसन एक-अर्काको अँगालोमा बाँधिएर हवाईको समुद्री किनारमा साता लामो बिदामा रमाइरहेका छन् । नयाँ एल्बमको तयारी र म्युजिकल कमेडी टेलिसिरियल 'ग्ली' मा क्यामियोका लागि छायांकनमा व्यस्त रहेकी गायिका काम सिद्धिनासाथ ४४ वर्षे ब्वाइफ्रेन्डसँग हवाई पुगेकी हुन् । दुई छोरालाई लस एन्जल्समै परिवारसाथ छोडेर रोमान्टिक बिदा मनाउन त्यतातिर लागेका उनीहरूले एक-अर्काप्रतिको आशक्ति सार्वजनिक रूपमै प्रकट गरिरहेका छन् । उनीहरू एकपछि अर्को चर्चामा पनि पुगिरहेका छन् र यही कुराले दुवैले विवाह गर्न लागेको खबरलाई बल दिइरहेको छ ।

ट्याबलोइडहरूका कुरा मान्ने हो भने दुवैले यही वषर्ान्ततिर विवाह गर्दै छन् । 'उनीहरू साधारण तरिकाले गोप्य रूपमा विवाह गर्ने योजना बनाउँदै छन्,' गायिकानिकट एक व्यक्तिले भने, 'उनीहरूले कुनै पनि सञ्चारमाध्यमलाई वैवाहिक समारोहमा छिर्न दिने छैनन् ।'

बि्रटनीले सन् २००४ मा किशोरावस्थादेखिका ब्वाईफ्रेन्ड जेसन एलेन एलेक्जेन्डरसँग पहिलो विवाह गरेकी थिइन् । जिन्स पाइन्ट र बेसबल क्याप लगाएर लस भेगासमा एलेनसँग विवाह गरेकी बि्रटनीको सम्बन्ध ५५ घन्टामै टुटेको थियो । त्यसको ठीक ९ महिनापछि उनले डान्सर केभिन फेडरलाइनलाई दोस्रो पति बनाइन् । केभिनसँग परम्परागत रूपमा धुमधामसाथ विवाह गरेकी बि्रटनीको यो सम्बन्ध पनि दुई वर्ष टिक्न सकेन । सिन पि्रस्टन र जेडेन जेम्स गरी दुई छोरा जन्मेपछि डान्सरसँग २८ वषर्ीया गायिकाले डिभोर्स गरेकी थिइन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks