Loving nepal news

Monday, September 6, 2010

टाटा सुमो दुर्घटनामा पाँचको मृत्यु / पाँच घाइते

कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र २२ - सोमबार राती काठमाडौंको फर्पिङमा टाटा सुमो दुर्घटना हुँदा पाँच को मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । वीरगंगबाट काठमाडौंतिर आइरहेको ना अ ज २१२७ नम्बरको टाटा सुमो सडकबाट तल खस्दा मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौडा घरका भएका चालक उमेश थपलिया, काठमाडौं मुलपानीका रमेश कार्की, भारत हरियाणाका शिव दर्शन, भारतका बुनियाद अलि र ठेगना नखुलेका धु्रवकुमार श्रेष्ठ रहेका छन् । घाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks