काठमाडौ, आश्विन १० - राष्ट्रपति रामवरण यादव संघाई एक्सपोको समापन समारोहमा भाग लिन कात्तिक १३ गते चीन जाने भएका छन् । चीन सरकारको निमन्त्रणामा हुन लागेको यो भ्रमणको मितिबारे राष्ट्रपति कार्यालयले भने औपचारिक जानकारी गराइसकेको छैन ।
स्रोतका अनुसार राष्ट्रपति यादव कात्तिक २० गते स्वदेश र्फकने तय भएको छ । भ्रमणका क्रममा उनी चीनको राजधानी बेइजिङ पुग्ने/नपुग्ने र चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई भेट्ने/नभेट्नेबारे तय भइनसकेको स्रोतले उल्लेख गर्यो । उनले संघाईका ऐतिहासिक र महत्त्वपूर्ण स्थलको भ्रमण भने गर्नेछन् ।
राष्ट्रपति यादव बेइजिङ पुग्ने र चिनियाँ राष्ट्रपतिलाई भेट्ने तय भए 'टोकन अफ भिजिट' का रूपमा चीनले केही ठूला सहयोगको घोषणा गर्ने र केही सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
राष्ट्रपतिले चीनको 'औपचारिक' भ्रमण गर्न लागेका हुन् । यसअघि उनले गरेको भारत भ्रमण 'राजकीय' स्तरको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks