Loving nepal news

Monday, September 20, 2010

काँग्रेस नयाँ नेतृत्वका लागि मतदान हुँदै

कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन ५ - नेपाली काँग्रेस महाधिवेशनको आज (मंगलबार) पाँचौ दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान व्यवस्थापकीय तयारीमा भएको ढिलाईका कारण १० बजेबाट मात्र सुरु भएको छ ।

मतदाताहरु विहान साढे ७ देखि नै लामवद्ध थिए । सभापतिसहित पार्टीको ६४ केन्द्रीय कार्यकारिणी पदाधिकारी तथा सदस्यका लागि चुनाव भइरहेको छ । मतदान अपरान्ह ४ बजेसम्म हुने जनाइएको छ । सभापतिका प्रत्यासीहरु शेरबहादुर देउवा,भीमबहादुर तामाङ,महामन्त्रीका दावेदार विमलेन्द्र निधी र नेता रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।

भोट दिन र मतगणना गर्न सजिलो होस नेर सभापति,अरु पदाधिकारी,खुला २५,अञ्चलका १४ सिट,समावेशीका पाँच समूहका गरी नौवटा मतपत्रमा मतदान गराइँदैछ ।

मतदान सकिनासाथ सभापतिको मात्र मतगणना गरिने र तीन उम्मेदवारमध्ये एकजनाले ५० प्रतिशत मत कटाए विजयी उम्मेदवार घोषणा हुनेछ । कसैले पनि ५० प्रतिशत मत नपुर्‍याएमा बढी मत ल्याउने दुई जनाबीच बुधबार मतदान गराइने जानकारी निर्वाचन समितिका वासुदेव आचार्यले दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks