Loving nepal news

Sunday, September 26, 2010

नेपालको शान्ति प्रकृया छिट्टै टुंगोमा पुगोसः भारत

कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन ११ - भारतले नेपालमा शान्ति प्रकृया छिट्टै पूरा भएको हेर्न चाहेको बताएको छ । राष्ट्रसंघकको महासभाका क्रममा न्यूयोर्कमा रहेका गृह मन्त्री भीम रावलसँगको भेटमा भारतीय विदेश मन्त्री एसएम कृष्णाले भारत सरकारको त्यस्तो इच्छा रहेको व्यक्त गरेका हुन् ।शनिबार दिइएको रात्रीभोजमा सरिक हुन भारतीय स्थायी प्रतिनिधिको कार्यालय पुगेको रावलसँगको भेटमा कृष्णाले भने, 'भारतले नेपालको शान्ति प्रकृया निर्धारित अवधिमा पूरा हुने अपेक्षा गरेको छ ।' भेटमा रावलले प्रधानमन्त्री र माओवादी अध्यक्षबीच दुईसाता अघि भएको सहमति, विशेष समितिको काम कारबाही लगायतका विषयमा कृष्णालाई जानकारी दिएका थिए ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks