पर्वत, आश्विन १ - वर्षाले घर भत्किएर एक महिला घाइते भएकी छन् ।
पर्वतको शिवालय गाविस ५ स्थित बड्गाउँमा शुक्रबार बिहान परेको अविरल वर्षाले स्थानिय उत्सव श्रेष्ठको घर भत्किँदा ४० बर्षिया बिष्णुमाया श्रेष्ठ घाइते भएकी हुन् ।
घाइते श्रेष्ठलाई स्थानियले उद्दार गरेका थिए । उनको दुईवटै हात भाँचिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक केसीले बताएका छन् । पर्वत जिल्ला अस्पतालमा घाइते श्रेष्ठको उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको निरीक्षक केसीले जनाएका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks