दाङ, आश्विन १० - दाङको तुलसीपुरबाट बिरामी लिएर नेपालगंज जाँदै गरेको एम्वुलेन्स आइतबार बिहान दुर्घटना हुँदा विरामीसहित तीन जना घाइते भएका छन् । लायन्स क्लव अफ तुलसीपुरको रा १ च ४७ नम्बरको एम्बुलेन्स पूर्वपश्चिम राजमार्ग अन्तर्गत अमिलिया नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एम्बुलेन्स बाटोभन्दा १ सय १० मिटर तल खसेको थियो । दुर्घटनामा परि दुईजना विरामी सहित चालक फर्साराम केसी घाईते भएकेा प्रहरीले जनाएको छ । घाईते सवैलाई उपचारका लागि नेपालगंज लगिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks