Loving nepal news

Saturday, September 4, 2010

'बाह्य उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन'

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र १९ - माओवादी नेता देवप्रसाद गुरुङले बाह्य उपनिवेश समाप्त नपारेसम्म १ वर्ष हैन १० वर्ष म्याद थपेपनि संविधान बन्न नसक्ने ठोकुवा गरेका छन् ।

माझी राष्ट्रिय मुक्ति मोर्चा नेवाः राज्यसमितिद्वारा राजधानीमा शनिवार आयोजित 'भावि संविधानमा संघीयता र माझी स्वायत्तता' विषयक अन्तरक्रिया कार्यक्रममा संवोधन गर्दै उनले उक्त धारणा राखेका हुन् । नेपालमा भारतीय उपनिवेश कायम रहेको बताउँदै उसले चाहेजस्तो नभई संविधान बन्न पनि नदिने र शान्ति प्रक्रिया पनि निष्कर्षमा पुग्न नदिने भएकाले पहिले बाह्य उपनिवेशको अन्त्य गर्न आवश्यक रहेको उनको तर्क थियो ।

भारत नेपालमा संघीयता चाहादैन, भारत नेपालमा धर्मनिरपेक्षता चाहादैन, भारत नेपालमा राज्य पुनर्संरचना चाहादैन, भारत नेपालमा स्वायत्तता चाहादैन , भारत नेपालमा जातीहरुबीच एकता भएको देख्न चाहादैन अनि उसका दलाल हरुले सत्ताको हालिमुहाली गरिन्जेलसम्म कसरी बन्छ संविधान ? उनको प्रश्न थियो । उनले अहिलेको सत्तामा बसेकाहरु भ्ाारतीय दलाल नै भएको आरोप लगाए ।

'भारतले नेपालमा जाती जाती विच भिडाएर आन्तरिक राष्ट्रियता कमजोर बनाउन चाहन्छ तर माओवादीले आन्तरिक राष्ट्रियता सुदृढ गरेर सको विरुद्ध लड्न चाहन्छ' उनको भनाई थियो । उनले शान्ति र संविधान अहिलेको मुल कार्यभार भएकाले त्यसलाई पुरा गर्न दलालहरुविरुद्धको आन्दोलन सफल पार्नुपर्ने बताए । नेपाली जनताले रगत बगाएर राजतन्त्रको अधिकार जनतामा जाने गरि संघिय गणतन्त्र बनाउन चाहे तर परिवर्तन विरेधी भारतीय दलालहरुको कारण त्यो अधिकार सिंहदरवारमा पनि पुग्न नपाएर नारायणहिटीको पछाडिको ढोकाबाट लैनचौरमा केन्द्रीत हुन पुग्यो ।' उनले भने -'हामी लैनचौरमा केन्द्रीत भएको त्यो अधिकार संघिय जनगणतन्त्रमार्फत जनताको झुपडिमा पुर्‍याउन चाहन्छौं ।'

अहिलेको प्रधान अन्तरविरोधको पहिचान नगरी समस्या हल हुन नसक्ने जिकीर पनि उनले गरे । अहिलेको प्रधान अन्तरविरोध वैदेशिक प्रभावमा रहेको घरेलु प्रतिक्रयावाद नै भएको उनको भनाई थियो । नेपाल अहिले दुई प्रकारको उपनिवेशबाट जकडिएको भनाई उनको थियो । आन्तरिक उपनिवेश पृथ्वीनारायण शाहको पालादेखि शुरु भएको तर वाह्य उपनिवेश सुगौली सन्धिदेखि मात्रै शुरु भएको उनले बताए । 'हामीले राजतन्त्रको अधिकार खोस्नको लागि त्यत्रो वर्ष लड्नुपर्यो भने बाह्य उपनिवेशको लागि झन कति वर्ष लड्नु पर्ला उनले भने । यदि सबैले एकतावद्ध भएर लड्यो भने त्यो परास्त हुनेछ र हाम्रो राष्ट्र स्वाधिन हुनेछ ।

कम्युनिष्ट क्रान्तिकारीको नेतृत्वमा भयो भने मात्रै त्यो राज्य एकता वद्ध हुनसक्छ अन्था पुँजीवादीको नेतृत्वमा भयो भने नेपाल वोस्नीया हर्ज गोभिन्ना हुने उनको तर्क थियो ।

। केन्द्रीय सदस्य शुरेश आलेमगरले संख्याको आधारमा कुनै पनि जातीलाई ठूलो वा सानो भन्न नहुने बताउदै उसले सापेक्षी स्वायत्तता पाउनुपर्ने बताए ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष कमानसिंह लामाले माझिहरु भित्री मधेशको आदिवासी भएकाले सिन्धुलीको महादेवस्थानदेखि पश्चिमबाट मकवानपुरको छतिवनसम्मको भुभागलाई माझी स्वायत्त क्षेत्रको प्रस्ताव गर्नु उचित हुने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks