भरतपुर, आश्विन २ - चितवन अन्तर्गत पुथ्वी राजमार्गको मुग्लिन-मलेखु खण्डको दारेचोक ९ स्थित फिसलिङमा शुक्रबार बिहान गएको ठूलो पहिरो हटाउने प्रयास अहिले पनि जारी छ । हिजो दिनभरको प्रयास विफल भएको थियो । धादिङको गजुरी, मुग्लिन र सिमलतालबाट गएका डोजर र लोडरले हटाउन नसके हेटौंडाबाट मगाएको 'स्काभेटर' हिजो राति काम थालेको थियो ।
पहिरो गएको स्थान मुग्लिनबाट १५ किलोमिटर काठमाण्डौं तर्फ छ । इलाका प्रहरी कार्यालय मुग्लिनका सइ श्रीहरी अधिकारीले 'पहाडै' राजमार्ग खसेको बताए । दिनभर डोजरले ठुलो पहिरोको छेउछाउका ढुंगा मात्रै हटाउन सकेकाले सबै पहिरो बांकी छ । 'घरजत्रा ढुंगा सडकमै छन,' उनले भने,'डोजरले हल्लाउन पनि सकेन ।' स्काभेटर पुगेर तत्काल पहिरो सफा गर्ने संभावना कम छ ।
पहिरो खसेको राजमार्ग मुनी त्रिशुली बगेको छ । दिनभर पानी परिरहेकाले थप पहिरो झर्ने खतरा छ । माथिबाट ढुंगा झर्ने गरेकाले मानवीय सहयोग सम्भव भएन । सशस्त्र, नेपाल र ट्राफिक प्रहरी र सडक डिभिजनका कर्मचारी पहिरो स्थलमा खटिएका छन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks