जनकपुर, भाद्र २८ - भूमिगत कालमा आफूलाई संरक्षण दिने तथा पार्टी हेडक्वाटरसमेत रहेको धनुषाको विकट गाउँ मुरिवाका आफ्ना पूराना साथीहरुलाई भेट्न प्रधानमन्त्री माधवकुमार नेपाल सोमबार मुरीवा आउँदै छन् ।
एमाले पोलिटव्युरो सदस्य रामचन्द्र झाका अनुसार-प्रधानमन्त्री नेपाल विहान ११ वजे वुद्ध एयरको जहाजबाट जनकपुर आउँने छन् । दिउँको खाना खाएर मुरिवा जानेछन् अनि अपरान्ह जनकपुर उद्योग वाणिज्य संघमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीसंगै अर्थ मन्त्री सुरेन्द्र पाण्डे, पोलिट व्युरो सदस्य झा, र केन्दि्रय सदस्य रघुवीर महासेठलगायतका नेताहरु पनि मुरिवा जाने कार्यक्रम छ ।
२०३० साल ताका तत्कालीन कम्युनिष्ट पार्टीका नेताहरु भूमिगत रहेको वेला माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरु धनुषाको विकट पूर्वी गाउँ मुरिवामा भूमिगतरुपमा बस्दै आएका थिए । नेपालले सुरुमा कम्युनिष्ट पार्टीको धनुषा सचिवको रुपमा समेत काम गरेका थिए । पछि उनले राष्ट्रिय सचिव भएर मुरिवामै कम्युनिष्ट पार्टीको हेडक्वार्टर पनि स्थापना गरेका थिए । मुरिवाको ततमटोली-तत्मा जातिको टोल)र दुसाधटोलीमा उनी महिनौं विताएका थिए । उनका दर्जनौं सहकर्मीहरु अझै पनि जिवितै छन् । नेपाल मुरिवावाटै पक्राउ परेका थिए र जलेश्वर जेलमा १८ महिना बिताएका थिए ।
यस अघिका जनकपुर भ्रमणको क्रममा उनि मुरिवाको चर्चा पटक पटक गर्नु भएको छ । उनी आफ्नो गिरफ्तारी पूर्व भकारीमा लुकेको तथा उनलाई जोगाउँन स्थानीयवासीहरुले मानव ढाल बनेको घटना स्थानीय भाषा मैथिलीमा रोचक ढंगले सुनाउँनु हुन्छ ।
आफ्ना सहकमीर् -माधव नेपाल) प्रधानमन्त्री नियुक्त भएको खवरबाट औघी खुसी भएका मुरिवाका अशेश्वर गोईत, रामदेव तथा रामअवतारजस्ता पुराना कम्युनिष्टहरुको आज खुसीको सीमा छैन । उनीहरुको सानो इच्छा छ-प्रधानमन्त्री नेपाल र एमाले अध्यक्ष खनाल दुबै भूमिगत जीवन बिताएको मुरिवालाई नमूना गाउँ घोषित गर्नु पर्छ ।
अव हेर्न बाँकी छ, प्रधानमन्त्री नेपाल आफू राजनिती सुरु गरेको गाउँको लागी केही गर्न सक्नु हुन्छ कि सक्नु हुन्न ?
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks